काठमाडौँ- शिक्षक सेवा आयोग, सानोठिमीले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षा सञ्चालनका लागि १७१ परीक्षा केन्द्र निर्धारण र परीक्षार्थीका रोल नम्बर सार्वजनिक गरेको छ।
आयोगले २०८२ साउन ३१ गते प्रकाशित विज्ञापन नं. ४३/०८२/८३ अनुसार यही कात्तिक २२ गते दिउँसो १ बजेदेखि परीक्षा सञ्चालन हुने जनाएको छ।
आयोगको कात्तिक १३ गतेको निर्णयअनुसार विभिन्न जिल्लामा परीक्षा केन्द्र तोकिएको र परीक्षार्थीका रोल नम्बर कायम गरिएको जानकारी सार्वजनिक गरिएको आयोगका उपसचिव शिवप्रसाद रेग्मीले जनाएका छन्।
सूची
प्रकाशित: १४ कार्तिक २०८२ ८:२६
प्रतिक्रिया




