कास्की र कञ्चनपुरमा १४ जना जुवातास खेल्ने पक्राउ

हिमाल प्रेस ६ कार्तिक २०८२ ७:३० | Thursday, October 23, 2025
कास्की र कञ्चनपुरमा १४ जना जुवातास खेल्ने पक्राउ प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ– कास्कीमा पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६ का ६० वर्षीय बालकृष्ण गुरुङसहित सातजना छन्। गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।

नगद दुई लाख ९५ हजार ६७५ रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कञ्चनपुरमा पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ का ३८ वर्षीय प्रकाश धनाडीसहित सातजना छन्। भीमदत्त–१८, पुष्पलाल चोकस्थित पसलमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नगद ४१ हजार ९७५ रुपैयाँ र पाँच बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०८२ ७:३० | Thursday, October 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast