बसको ठक्करबाट महिलाको मृत्यु, विरोधमा राजमार्ग अवरुद्ध

हिमाल प्रेस १४ असोज २०८२ १९:४६ | Tuesday, September 30, 2025
बसको ठक्करबाट महिलाको मृत्यु, विरोधमा राजमार्ग अवरुद्ध

बैतडी– बसको ठक्करबाट बैतडीमा एक महिलाको मृत्यु भएको छ।

दशरथचन्द नगरपालिका—२ देहिमाडौँस्थित निङ्गलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा बसको ठक्करबाट वडा नं १ गुरूखोला निवासी ३३ वर्षीया भागरथी लुहारको मृत्युभएको हो।

जात्राबाट फर्किने क्रममा दशरथचन्द राजमार्गअन्तरर्गत गुरुखोलामा महाकाली यातायातको सु. प. प्र ०२००१ ख १०१७ नम्बको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिए।

घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका र सहमतिका लागि प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली घटनास्थल पुगेको जनाइएको छ।

प्रकाशित: १४ असोज २०८२ १९:४६ | Tuesday, September 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast