आज च्याउ र हरियो सागपातको मूल्य कति?

हिमाल प्रेस १० असोज २०८२ ९:४१ | Friday, September 26, 2025
आज च्याउ र हरियो सागपातको मूल्य कति?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको आजको थोक मूल्यअनुसार केही सागसब्जी अत्यधिक महँगो छन्।

च्याउ (डल्ले) को थोक मूल्य रु ४००, राजा च्याउ रु ३००, अनि सिताके च्याउ को दर रु १००० प्रतिकिलो पुगेको छ। यस्तै, कुरिलो को थोक मूल्य पनि रु ४०० कायम गरिएको छ।

चमसुर रु २००, पालुङ्गो रु १००, रायो साग रु ११० जस्ता हरियो सागपात पनि उपभोक्ताको पहुँचबाहिर जान थालेको उपभोक्ताको गुनासो छ।

गुर्जुधारामा तरकारी किन्न गएकी एलिसा पराजुली भन्छिन्, ‘दसैँको बेला तरकारी सस्तो हुन्छ भन्ने सोचेकी थिएँ। तर महँगो रहेछ। सानो धनियाँको मुठा पनि २५ रुपैयाँ पर्ने रहेछ। राजमार्गमा पहिरो गएर अन्य जिल्लाबाट तरकारी काठमाडौँ नआएको समाचार सुनेकी थिएँ।’

प्रकाशित: १० असोज २०८२ ९:४१ | Friday, September 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast