के हुँदै छ माओवादी बैठकमा?

हिमाल प्रेस १० असोज २०८२ १६:४६ | Friday, September 26, 2025
के हुँदै छ माओवादी बैठकमा? माओवादीको केन्द्रीय समिति बैठकमा सहभागी नेताहरू।

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौँ पूर्ण बैठकको दोस्रो दिन शुक्रबार प्रज्ञाभवन, कमलादीमा जारी छ।

बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरू माथि विभिन्न १० वटा टोलीका नेताहरूले धारणा राखेका छन्।

साथै बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरुले धारणा राख्ने क्रम सकिएको छ। बैठकमा आफ्नो छुट्टै प्रस्ताव राख्ने जनार्दन शर्माले १० वटा टोलीका नेताहरूले धारणा र अन्य पदाधिकारीले उठाएका प्रश्नमा आफ्नो धारणा राखेका छन्।

त्यसपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि १० वटा टोलीका नेताहरूले धारणा र अन्य पदाधिकारीले उठाएका प्रश्नमा धारणा राख्नेछन्। अध्यक्ष प्रचण्डले सम्बोधन गरेपछि बैठक समापन हुनेछ।

प्रकाशित: १० असोज २०८२ १६:४६ | Friday, September 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast