विराटनगरमा प्रदेश खारेजबारे सञ्चारकर्मीले सोधेपछि अर्थमन्त्रीले के भने?

हिमाल प्रेस ८ असोज २०८२ १५:३४ | Wednesday, September 24, 2025
विराटनगरमा प्रदेश खारेजबारे सञ्चारकर्मीले सोधेपछि अर्थमन्त्रीले के भने? अर्थमन्त्री रामेश्वर खनाल। फाइल तस्बिर।

मोरङ- अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीले सरकारले प्रदेश खारेज गर्न लागेको हो भन्ने प्रश्नको उत्तरमा अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको स्पष्ट पारे।

त्यसैगरी मन्त्री खनालले अहिलेको अवस्थामा रु एक हजार र रु ५०० को नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल नभएको जानकारी दिए।

भारत सरकारले लगाएको एकीकृत कर ‘गुड्स सेल्स ट्याक्स’घटाएको सम्बन्धमा अध्ययन भइरहेको तथा उद्योग व्यवसाय एवं औद्योगिक प्रतिष्ठानमा क्षति पुग्ने अवस्था भए सुधार गरिने बताए। रासस

प्रकाशित: ८ असोज २०८२ १५:३४ | Wednesday, September 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast