आज देशका अधिकांश भागको मौसम सफा रहने

हिमाल प्रेस १० असोज २०८२ ६:४५ | Friday, September 26, 2025
आज देशका अधिकांश भागको मौसम सफा रहने

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ। साथै देशका अधिकांश भागको मौसम सफा रहने छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ। कोशी प्रदेशलगायत देशको पहाडी भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित: १० असोज २०८२ ६:४५ | Friday, September 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast