क्यान्टिन सफा गरेर राजस्व संकलन सुरु गरेका छौँ : आन्तरिक राजस्व कार्यालय

हिमाल प्रेस ८ असोज २०८२ १२:२० | Wednesday, September 24, 2025
क्यान्टिन सफा गरेर राजस्व संकलन सुरु गरेका छौँ : आन्तरिक राजस्व कार्यालय

हेटौँडा- जेनजी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालय भवन जलेपछि हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले क्यान्टीनमा टेबुल कुर्सी व्यवस्थापन गरी कार्यालय सञ्चालन गरेको छ।

क्यान्टिनबाटै राजस्व संकलन सेवा सुरु गरिएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले जानकारी दिए।

‘कार्यालय क्षतिग्रस्त भएर कामै नलाग्ने भएपछि कहीँबाट भएपनि सेवा त सुरु गर्नुपर्‍यो’, प्रमुख सुवेदीले भने,‘त्यसैले क्यान्टिन सफा गरेर राजस्व संकलन सुरु गरेका छौँ।’ अन्य सेवा कसरी सञ्चालन गर्ने भवनको खोजी गरिरहेको उनको भनाइ छ।

प्रदर्शनका क्रममा भदौ २४ गते कार्यालयमा रहेको दुई वटा गाडी, दुई वटा मोटरसाइकल, करिब १५ करोड स्टिकर, कम्प्युटर, प्रिन्टर, डिजिटल डिस्प्ले, कुर्सी, दराज, टेबललगायतका सम्पूर्ण सामान जलेको प्रमुख सुवेदीले बताए। क्षति विवरण संकलन भइरहेकाले कति मूल्य बराबरको क्षति भएको यकिन भइ सकेको छैन ।

प्रकाशित: ८ असोज २०८२ १२:२० | Wednesday, September 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast