सत्ता गुमाएपछि पहिलो पटक बस्यो एमाले सचिवालय, अन्तरिम सरकारका निर्णयप्रति तीब्र असन्तुष्ट

हिमाल प्रेस १२ असोज २०८२ २०:२६
सत्ता गुमाएपछि पहिलो पटक बस्यो एमाले सचिवालय, अन्तरिम सरकारका निर्णयप्रति तीब्र असन्तुष्ट राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको सूर्यविनायकमा गत साता आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : रासस

काठमाडौँ– जेनजीको आन्दोलनपछि नेकपा एमालेको पहिलोपटक सचिवालय बैठक बसेको छ ।

बैठक भक्तपुरस्थित गुण्डुमा अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको थियो । बैठकले तीन वटा निर्णय गरेको छ ।

जस अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका पाँच जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णयमा एमालेले गम्भीर ध्यानाकर्षण गराएको छ । एमालेले यसलाई प्रतिशोधयुक्त निर्णय समेत भनेको छ ।

‘यसअघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरेर अनि दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गंभीर आपत्ति प्रकट गर्दछ,’ एमालेको निर्णयमा उल्लेख छ ।

नेपाल प्रहरीलाई निर्बाध काम गर्ने वातावरण सुनिश्चित गर्न पनि एमालेले ध्यानाकर्षण गराएको छ ।

 

प्रकाशित: १२ असोज २०८२ २०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast