साढे दुई वर्षीया आर्यतारा ‘जीवित देवी’

हिमाल प्रेस १४ असोज २०८२ १४:३३ | Tuesday, September 30, 2025
साढे दुई वर्षीया आर्यतारा ‘जीवित देवी’

काठमाडौँ– काठमाडौँ इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधिवत् रूपमा जीवित देवी (कुमारी) का रुपमा स्थापित गरिएको छ।

मंगलबार बसन्तपुरस्थीत कुमारी घरमा आर्यतारा शाक्यलाई शुभसाइतमा कुमारी आसनमा अभिषेक गरिएको हो। कुमारी छनोटको विधिवत् प्रक्रिया पूरा गरेर आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको हो।

त्यस्तै मंगलबार नै यसअघिकी कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित विदाइ गरिएको छ। तृष्णालाई सम्मानपूर्वक घरसम्म पुर्‍याइएको थियो। जीवित देवीका रुपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीक समेत मान्ने गरिन्छ।

प्रकाशित: १४ असोज २०८२ १४:३३ | Tuesday, September 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast