छिरिङ डिकी मनास्लु आरोहण गर्ने नेपालकै कान्छी आरोही

हिमाल प्रेस ९ असोज २०८२ ६:४४ | Thursday, September 25, 2025
छिरिङ डिकी मनास्लु आरोहण गर्ने नेपालकै कान्छी आरोही

काठमाडौँ- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१ सामा गाउँकी २२ वर्षीया छिरिङ डिकी लामा मनास्लु आरोहण गर्ने नेपालकै कान्छी आरोही बनेकी छन्।

लामाकी आफन्त एवं आरोही नाङ्सल छोदेनका अनुसार यसअघि १९ वर्षीया विदेशी युवतीले मनास्लु आरोहण गरिसकेकी छन्।

नेपाल मनास्लु आरोहण गर्नेमा भने छिरिङ डिकी हालसम्मकै कान्छी रहेको नाङ्सलले जानकारी दिइन्। सोमबार बिहान ६ बजे बेसक्याम्पबाट प्रस्थान गरेकी छिरिङले मंगलवार बिहान १०:५० बजे मनास्लुको शिखर चुमेकी उनको भनाइ छ।

छिरिङले पायोनियर एड्भेञ्चर कम्पनी प्रालिमार्फत आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहण गरेकी हुन् । उनी गाउँघरमै घरायसी काम गरेर बस्ने किशोरी हुन्।

उनीसँगै मनास्लु आरोहण गर्ने सामा गाउँका चार जना भएका छन् । यसअघि सामा गाउँका डिकील्हामु, मिंकार छिरिङ र नाङ्सल छोदेनले मनास्लु आरोहण गरिसकेका छन्। रासस

प्रकाशित: ९ असोज २०८२ ६:४४ | Thursday, September 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast