मुग्लिन-नारायणगढ सडकमा छैन अवरोध

हिमाल प्रेस १४ असोज २०८२ ७:०७ | Tuesday, September 30, 2025
मुग्लिन-नारायणगढ सडकमा छैन अवरोध मुग्लिन-नारायणगढ सडक। फाइल तस्बिर

काठमाडौँ– पहिरो खसेर पटकपटक अवरुद्ध हुने गरेको मुग्लिन-नारायणगढ सडकको तुइनखोला क्षेत्रमा मंगलबार बिहान कुनै अवरोध छैन ।

अहिले सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जनाएको छ । यद्यपि, चाडपर्वमा सवारीसाधनको उच्च चाप हुने भएकाले गति सीमितमा रही लेन अनुशासनको पालना गर्न अनुरोध गरिएको छ।

सडक डिभिजन भरतपुर अन्तर्गत सम्भावित पहिरो जाने स्थानमा चाडपर्व लक्षित यात्रुहरूको बिचल्ली नहोस्, समयमै गन्तव्यसम्म पुग्न सकून् भन्ने उद्देश्यले तत्कालीन अवस्थामा अवरुद्ध सडक छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनका लागि अपरेटरसहितका ४ वटा यान्त्रिक उपकरण तैनाथ अवस्थामा राखिएको छ ।

मुग्लिन साइट क्याम्पमा १ वटा, सेती दोभान साइट क्याममा २ वटा र कालीगण्डकी कोरिडोरमा १ वटा उपकरण तैनाथ अवस्थामा रहेका सडक डिभिजन भरतपुरले जनाएको छ ।

प्रकाशित: १४ असोज २०८२ ७:०७ | Tuesday, September 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast