लाेकभाकामा ‘बरिष्ठ बलराम’ को गीत ‘न्याउली वनैमा’

हिमाल प्रेस ९ असोज २०८२ १३:५९ | Thursday, September 25, 2025
लाेकभाकामा ‘बरिष्ठ बलराम’ को गीत ‘न्याउली वनैमा’

काठमाडौँ- फिल्म ‘बरिष्ठ बलराम’ को पहिलो गीत ‘न्याउली वनैमा’ सार्वजनिक भएको छ। गीत प्रशान्त शिवाकोटी र शान्तिश्री परियारले गाएका छन्।

गीत गायक शिवाकोटीकै शब्द र संगीतमा बनेको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल र समृद्धि अर्यालको नृत्य देख्न सकिन्छ।

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्। फिल्म आगामी कार्तिक ६ मा भाइटीकाको दिन प्रदर्शन हुनेछ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्कीको लगानी छ।

प्रकाशित: ९ असोज २०८२ १३:५९ | Thursday, September 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast