फेरि बढ्यो सुनको मूल्य, तोलाको कति?

हिमाल प्रेस १२ असोज २०८२ १२:२८ | Sunday, September 28, 2025
फेरि बढ्यो सुनको मूल्य, तोलाको कति?

काठमाडौँ– विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ। गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा ७०० र त्यति नै तौलको चाँदी ७० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य दुई हजार ८१० रुपैयाँ निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज प्रति औँस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: १२ असोज २०८२ १२:२८ | Sunday, September 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast