डेंगी संक्रमितको संख्या पाँच हजार नजिक

हिमाल प्रेस ७ असोज २०८२ २१:१४ | Tuesday, September 23, 2025
डेंगी संक्रमितको संख्या पाँच हजार नजिक

काठमाडौँ- डेंगीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले चार हजार आठ सय १४ जनामा सङ्क्रमण देखिएको बताए।

उनका अनुसार डोल्पा, हुम्ला र मनाङ् जिल्लाबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ। सङ्क्रमणबाट हालसम्म दुई जनाको निधन भइसकेको छ। डा. दाहालले पानी पनि पर्न रोकिए र अब बिस्तारै जाडो सुरु हुन थालेपछि डेंगी सङ्क्रमणको जोखिम कम हुने बताए।

तथ्यांकअनुसार कोशी प्रदेशमा सात सय १४, मधेश प्रदेशमा ९५, बागमती प्रदेशमा एक हजार ६४, गण्डकी प्रदेशमा एक हजार २७३ जना, लुम्बिनी प्रदेशमा आठ सय ४३, कर्णाली प्रदेशमा दुई सय ७० र सुदूरपश्चिम प्रदेशमा पाँच सय ५५ जनामा डेंगी सङ्क्रमण देखिएको छ।

प्रकाशित: ७ असोज २०८२ २१:१४ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast