कर्मचारी दरबन्दी मिलानबारे यस्तो पत्र

हिमाल प्रेस ८ असोज २०८२ ११:३४ | Wednesday, September 24, 2025
कर्मचारी दरबन्दी मिलानबारे यस्तो पत्र

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी दरबन्दी मिलानबारे स्पष्टीकरण दिएको छ।

मन्त्रालयका अनुसार गत भदौ ३१ गते सचिवहरूको उपस्थितिमा बसेको बैठकले गरेको निर्णयमा देखिएको अस्पष्टताबारे स्पष्ट पार्दै दरबन्दी मिलान कार्यबोझ सन्तुलनका लागि मात्र गरिएको हो।

मन्त्रालयले कार्यबोझ कम भएका निकायबाट दरबन्दी मिलान गरी कार्यबोझ बढी भएका निकायमा कर्मचारी व्यवस्थापन गर्ने निर्णय भएको जनाएको छ। यसरी दरबन्दी मिलान गर्दा कर्मचारीको वृत्ति विकासमा कुनै असर नपर्ने पनि मन्त्रालयले प्रष्ट पारेको छ।

प्रकाशित: ८ असोज २०८२ ११:३४ | Wednesday, September 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast