इटहरी– इटहरी उपमहानगरपालिका–१६ मा दुई सय रुपैयाँको सामान्य कारोबार विवादले छुरा प्रहार भएको छ
सर्फ र फिनेल बेच्ने क्रममा रकम नदिँदा उत्पन्न विवादले तीन जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार इटहरी–७ का दिलीप चौधरीले सर्फ र फिनेल विक्री गर्ने क्रममा किन्ने व्यक्तिले पैसा नदिएपछि विवाद उत्पन्न भएको हो।
घाइतेमध्ये दुई जनालाई अस्पताल लगिएको भए पनि परिचय खुल्न बाँकी छ। प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
प्रकाशित: १३ असोज २०८२ १७:३८ | Monday, September 29, 2025
प्रतिक्रिया



