आन्दोलनका बेला आफ्ना कार्यकर्ताहरूले तोडफोड र आगजनी नगरेको रास्वपाको दाबी

हिमाल प्रेस ७ असोज २०८२ १८:३७ | Tuesday, September 23, 2025
आन्दोलनका बेला आफ्ना कार्यकर्ताहरूले तोडफोड र आगजनी नगरेको रास्वपाको दाबी रास्वपा नेता मनिष झा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि पार्टीले सरकारलाई सहयोग गर्ने जनाएको छ।

मंगलबार पार्टी कार्यालय वनस्थलीमा सञ्चारकर्मीसँगको छलफलमा रास्वपा प्रवक्ता मनिष झाले जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका घटनामा रास्वपाका नेताहरुलाई समेत मुछ्ने काम भएको भन्दै घटनाको छानबिनका लागि पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन्।

प्रवक्ता झाले भदौ २३ गते भएको जेनजी आन्दोलनमा रास्वपा नेता कार्यकर्ताहरुको सहभागिता तुलनात्मक रूपमा सबैभन्दा बढी रहेको उल्लेख गर्दै भदौ २४ गते भएको तोडफोड तथा आगजनीका घटनामा भने रास्वपा नेता कार्यकर्ताहरूको कुनै सहभागिता नरहेको दाबी गरे।

त्यस्तै उनले आन्दोलनका क्रममा नख्खु कारागारमा समेत आगजनी हुने सम्भावना देखेपछि आफू त्यहाँ पुगेको तर आन्दोलनकारीको अगुवाका रूपमा सहभागी भएको भन्ने कुरामा सत्यता नरहेको बताए।

उनले रवि लामिछानको सुरक्षाको जिम्मा लिन कारागारले भनेपछि आफूहरूले जिम्मा लिएको जिकिर गरे। प्रवक्ता झाले सुमना श्रेष्ठ लगायतका नेताले पार्टी छाडेको प्रति समीक्षा गदैै अहिलेसम्म गरेको योगदानको सम्मान गर्ने निर्णय गरेको जानकारी दिए।

प्रकाशित: ७ असोज २०८२ १८:३७ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast