सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

हिमाल प्रेस १० असोज २०८२ १७:१४ | Friday, September 26, 2025
सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्। उनले शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पार्टीले भिन्नै सम्पत्ति छानबिन आयोग गठन गर्ने पनि बताए।

यसका साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औँल्याए। ‘अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ’, प्रचण्डले भने।

संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो। बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशनसमेत दिएका छन्।

बैठक सम्पन्न भएपछिदमाओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुने छ। निर्वाचन तोकिएकै मितिमा गराउने वातावरण बनाउन पार्टीले पहल लिने भएको छ।

प्रकाशित: १० असोज २०८२ १७:१४ | Friday, September 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast