राजनीतिक दलको नेतृत्व युवाहरूलाई दिनुपर्छ : भुसाल

हिमाल प्रेस १३ असोज २०८२ १६:४५ | Monday, September 29, 2025
राजनीतिक दलको नेतृत्व युवाहरूलाई दिनुपर्छ : भुसाल फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकलाई असफलताबाट जोगाउनका लागि राजनीतिक दलको नेतृत्व युवाहरुलाई दिनुपर्ने बताएका छन्।

सोमबार काठमाडौँमा सञ्चारकर्मीसँगको छलफलका क्रममा भुसालले मुलुक अहिलेको अवस्थामा पुग्नुका कारण मरणोपरान्त सत्ताभोगका लागि राजनीतिक दललाई कव्जा गरेर बसेका मुख्य नेताहरु नै रहेको भन्दै मुलुकलाई असफलताबाट जोगाउनका लागि नेतृत्व युवाहरुलाई दिनुपर्ने बताए।

अहिले पनि मुख्य राजनीतिक पार्टीहरुमा संस्थागत सुधारको परिणामूखी पहलकदमी नदेखिएको उनले बताए।

उनले कुनै पनि बहानामा मुख्य नेताहरुले अहिलेको परिस्थितिलाई नजरअन्दाज गर्न खोजे मुलुकलाई अर्को चक्रबाट बचाउन नसकिने जिकिर गरे।

अव पनि दलहरु गम्भीर हुन नसके उनीहरु विरुद्ध युवाहरुको विरोध बढ्दै जाने र अराजनीतिक–अपराधिक समूह तथा प्रतिगामीले खेल्ने ठाँउ पाउने उनको भनाइ छ। उनले तत्काल त्रासदीपूर्ण सम्भावनालाई रोक्न बामपन्थी आन्दोलनका सबै इमान्दार राजनीतिकर्मीहरुले तत्कालै सक्रियता लिनुपर्ने धारणा राखे।

भुसालले मुलुकलाई नयाँ बिन्दुमा लैजाने अहिले महत्वपूर्ण अवसर भएको समेत बताए।

प्रकाशित: १३ असोज २०८२ १६:४५ | Monday, September 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast