पृतनापतिको समन्वयात्मक बैठक सम्पन्न

हिमाल प्रेस १० असोज २०८२ २१:३४ | Friday, September 26, 2025
पृतनापतिको समन्वयात्मक बैठक सम्पन्न

काठमाडौँ- असोज पहिलो साता जंगीअड्डामा समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधानसेनापतिहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ।

असोज ९ गते नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूको भौतिक उपस्थिति र पृतनापतिहरूको अर्चुअल सहभागितामा पृतनापति समन्वयात्मक बैठक-२०८२ सञ्चालन भएको छ।

बैठकमा विभागीय प्रमुखलगायत पृतनापतिहरूले आआफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गरेका थिए।

प्रधानसेनापति अशोकराज सिग्देलद्वारा समापन भएको बैठकमा बलाध्यक्ष रथी प्रदीपजंग केसीले स्वागत मन्तव्य राखेका थिए। नेपाली सेनाको वार्षिक कार्य तालिकाअनुसार वर्षको दुई पटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन हुँदै आएको छ।

प्रकाशित: १० असोज २०८२ २१:३४ | Friday, September 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast