राजनीतिक संकटका बेला दलहरु एकताबद्ध हुुनुपर्दछ : शंकर पोखरेल

हिमाल प्रेस ११ असोज २०८२ १२:३० | Saturday, September 27, 2025
राजनीतिक संकटका बेला दलहरु एकताबद्ध हुुनुपर्दछ : शंकर पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक संकटका बेला राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने बताएका छन्।

आज सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले विगतका दुई संकटपूर्ण घडीमा दलहरुको एकताकाकारण नै संघीयता र जनता सार्वभौम र देशले संघीय लोकतान्त्रिक गणतन्त्र पाएको स्मरण गरेका हुन्।

महासचिव पोखरेलले २०५९ असोज १८ र २०६१ माघ १९ को प्रसंग स्मरणगर्दै त्यसबेला दलहरु विभाजि र एजेण्डामा पनि विविध अवस्थामा रहेकोमा पछि एजेण्डामा एक्तावद्ध हुँदा मुलुकको राजनीतिमा लयमा फर्किएको उनको भनाइ छ।

‘असोज १८ ताका दलहरु एजेण्डामा विभाजित र अन्यौलग्रस्त थिए । तर माघ १९ पछी उनीहरुले आफ्ना एजेण्डा स्पष्ट पार्दै एकताबद्ध भए ’ महासचिव पोखेरेलले लेखेका छन्‘परिणामस्वरुप जनता सार्वभौम बने र मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गर्यो ।’

महासचिव पोखरेलले ‘इतिहासको शिक्षा’ शिर्षक दिएर लेखेको छोटो स्टाटसमा कुनै पनि आन्दोलन,पार्टी वा नेतृत्वको भविष्य मुख्यत : स्पष्ट एजेण्डामा निर्भर रहने उल्लेख गरेका छन्।

प्रकाशित: ११ असोज २०८२ १२:३० | Saturday, September 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast