काठमाडौँ– गुल्मीमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका- ४ शान्तीपुर बस्ने बाग्लुङ वरेङ गाउँपालिका- ३ घर भएका २५ वर्षीय राजु सार्की छन्। उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १४ असोज २०८२ १७:२८ | Tuesday, September 30, 2025
प्रतिक्रिया



