शान्ति सुरक्षा, अमनचयन कायम गर्न कसैसँग सम्झौता हुँदैन : प्रहरी

हिमाल प्रेस ८ असोज २०८२ १२:०४ | Wednesday, September 24, 2025
शान्ति सुरक्षा, अमनचयन कायम गर्न कसैसँग सम्झौता हुँदैन : प्रहरी प्रहरी

विराटनगर- मोरङका प्रहरी उपरीक्षक कवित कटवालले शान्ति सुरक्षा, अमनचयन कायम गर्ने सन्दर्भमा कोहीकसैसँग सम्झौता नगरिने बताएका छन्।

मोरङ जिल्लामा सरुवा भएपछि आजस्थित सञ्चारकर्मीसँगको भेटघाटमा प्रहरी उपरीक्षक कटवाल जिल्लामा अमनचयन कायम गरी आमनागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

समाजमा हुन सक्ने चारी, डकैती, तस्करीलगायत आपराधिक क्रियाकलाप पूर्णरूपमा नियन्त्रण गर्ने, कुनै किसिमको गैह्रकानुनी कामकारवाही हुन नदिने र कानुन हातमा लिई व्यक्ति तथा समाजलाई आतङ्कित बनाउन प्रयास गर्नेहरूलाई कानुनको कठघरामा उभ्याउने काममा समर्पित नेपाल प्रहरीलाई सहयोग गर्न जिल्लाबासीसँग अनुरोध गरे।

प्रहरी उपरीक्षक कटवालले विगतका घटनाक्रमबाट पाठ सिकेर प्रहरी सङ्गठन अघि बढ्ने विश्वास दिलाउँदै देश र जनताको पक्षमा अहोरात्र खटिने सुरक्षा संयन्त्रलाई सञ्चारकर्मीसहित समाजका सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

प्रकाशित: ८ असोज २०८२ १२:०४ | Wednesday, September 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast