५८.६३ अंकले बढ्यो नेप्से परिसूचक

हिमाल प्रेस ७ असोज २०८२ १६:१९ | Tuesday, September 23, 2025
५८.६३ अंकले बढ्यो नेप्से परिसूचक सेयर बजार

काठमाडौँ- सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा उक्लेको छ। यसअघिको कारोबार आइतबार नेप्से परिसूचक १११.७० अंकले बढेर २६२३.७० बिन्दुमा उक्लेको थियो।

मंगलबार ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर कारोबार भएको छ। कारोबार भएका मध्ये २३८ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको सेयर मूल्य घटेको छ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ। जसको करिब ३८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि युनिभर्सल पावर (१८ करोड ५० लाख) र हिमालयन डिस्टिलरी (१८ करोडभन्दा बढी) प्रमुख कारोबार भएका कम्पनी बनेका छन्।

मंगलबार सबै उपसमूहको परिसूचक बढेको छ। निर्जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक ३.।४८ प्रतिशत बढेको छ भने जलविद्युत् उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बिमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित: ७ असोज २०८२ १६:१९ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast