माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

हिमाल प्रेस ८ असोज २०८२ ८:४३ | Wednesday, September 24, 2025
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक सुरु हुनेछ।

बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष प्रचण्डले पेस गरेको केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव, महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

साथै बिहीबार (भोलि) बस्ने केन्द्रीय समितिको बैठकको एजेन्डा पनि बैठकले तय गर्ने बताइएको छ। यसअघि असोज ५ गते बसेको पदाधिकारी बैठकमा प्रचण्डले मौजुदा केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव राखेका थिए।

प्रकाशित: ८ असोज २०८२ ८:४३ | Wednesday, September 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast