सुनसरीमा स्कुटर दुर्घटना हुँदा पुरुषको मृत्यु

हिमाल प्रेस १४ असोज २०८२ १२:२८ | Tuesday, September 30, 2025
सुनसरीमा स्कुटर दुर्घटना हुँदा पुरुषको मृत्यु प्रतीकात्मक तस्बिर।

इटहरी– सुनसरीमा स्कुटर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ।

बराहक्षेत्र नगरपालिका–१ नडाहा चतरा जंगल नजिक मदन भण्डारी लोकमार्गमा नडाहातर्फ आउँदै गरेको प्रदेश १–०२–०४६ प ४३३४ नम्बरको स्कुटर सोमबार राति ११ः५५ बजेतिर अनियन्त्रित भई सडक छेउको सिमेन्टको पर्खालमा ठोक्किँएर दुर्घटना भएको हो। मृत्यु हुनेमा बराहक्षेत्र–५ कालाबन्जारका ३५ वर्षीय कमल पौडेल रहेका छन्।

घटनापछि इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १४ असोज २०८२ १२:२८ | Tuesday, September 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast