लुम्बिनीका मुख्यमन्त्री भन्छन्- अत्यावश्वक सेवा रोकिँदैन

हिमाल प्रेस ७ असोज २०८२ १४:५६ | Tuesday, September 23, 2025
लुम्बिनीका मुख्यमन्त्री भन्छन्- अत्यावश्वक सेवा रोकिँदैन चेतनारायण आचार्य

बाँके- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशअन्तर्गतका कार्यालयबाट अत्यावश्यक सेवा नरोकिने बताएका छन्।

आज बाँकेका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयको अनुगमनका क्रममा उनले कतिपय अत्यावश्यक कार्यालयको सेवा सञ्चालनका लागि सहयोग गरिरहेको बताए। ‘जेनजी प्रदर्शनका क्रममा बाँकेका सरकारी संरचना ध्वस्त छन्’, उनले भने।

प्रदर्शनका क्रममा प्रदेशमा करिब दुई खर्ब बढीको क्षति पुगेको अनुमान गरिएको छ। धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र पाल टाँगेर भए पनि सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको उनले बताए।

प्रकाशित: ७ असोज २०८२ १४:५६ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast