संसद् पुनर्स्थापनाको माग छाडौं, चुनावमै जाऔं : विश्वप्रकाश शर्मा

हिमाल प्रेस ७ असोज २०८२ १४:२३ | Tuesday, September 23, 2025
संसद् पुनर्स्थापनाको माग छाडौं, चुनावमै जाऔं : विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब कांग्रेसले संसद् पुनर्स्थापनाको माग राख्न नहुने बताएका छन्।

आज एक भिडियो सन्देशमार्फत महामन्त्री शर्माले राष्ट्रपति स्वयंले अफ्ठ्यारो परिस्थिति सम्हाल्दै चुनावको मिति घोषणा गरिसकेकाले अब पार्टीले चुनावमा जाने तयारी गर्नुपर्ने बताए।

शर्माले संसद् विघटनको विषयमा पार्टीभित्र दुई धारणा रहेको बताए। ‘संसद् पुनर्स्थापना गरेर जानुपर्छ भन्ने नेताहरू पनि हुनुहुन्छ, प्रत्यक्ष चुनावमा जानुपर्छ भन्नेहरू पनि हुनुहुन्छ। तर, चुनाव मिति घोषणा भइसकेको अवस्थामा मेरो धारणा भने अब पुनर्स्थापनाको माग गर्नु हुँदैन,’ उनले भने।

उनले जेनजीले उठाएका मागप्रति समर्थन जनाउँदै नयाँ सरकारमा जेनजीको प्रतिनिधित्व नहुनु गम्भीर भएको टिप्पणी गरे। ‘बलिदान गर्ने बेलामा जेनजी, परिवर्तनको लागि लड्ने बेलामा जेनजी, सरकार बनाउन पहल गर्ने बेलामा जेनजी सबै ठाउँमा सक्रिय भए। तर,सरकारलाई पूर्णता दिने क्रममा भने जेनजीको प्रतिनिधित्व हुनुपर्छ भन्ने विषय हामीले गम्भीरतापूर्वक राख्नुपर्छ,’ शर्मा भने।

प्रकाशित: ७ असोज २०८२ १४:२३ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast