तुइनखोला नजिकै फेरि गयो पहिरो, सडक अवरुद्ध

हिमाल प्रेस १३ असोज २०८२ १२:१३ | Monday, September 29, 2025
तुइनखोला नजिकै फेरि गयो पहिरो, सडक अवरुद्ध फाइल तस्बिर

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक खण्डको तुइनखोला पुल नजिकै पहिरो खसेर आवागमन बन्द गरिएको छ। पहिरो झर्ने क्रम जारी रहेकाले दुईतर्फी आवातजावत बन्द गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।

‘पहिरो झर्ने क्रम जारी छ। हिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणको माध्यमबाट तत्काल पहिरो हटाउने कार्य सुरु हुनेछ’, साइट सुपरभाइजर ईश्वर क्षेत्रीले बताएका छन्।

उनले पहिरो अवधिभर रोकिएका सवारीसाधनलाई लेन अनुशासनको पालना गरी सावधानीपूर्वक रहन अनुरोध गरेका छन्।

तुइन खोलामा केही सातादेखि पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। पहिरो पन्छाएर सडक खुलाए पनि पहिरो झर्ने क्रम नरोकिँदा दसैँमा यात्रा गर्ने यात्रीहरू मर्कामा परेका छन्।

प्रकाशित: १३ असोज २०८२ १२:१३ | Monday, September 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast