नारायणघाट-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो, वैकल्पिक बाटो प्रयोग गर्न सवारी चालकलाई आग्रह

हिमाल प्रेस ७ असोज २०८२ १७:५८ | Tuesday, September 23, 2025
नारायणघाट-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो, वैकल्पिक बाटो प्रयोग गर्न सवारी चालकलाई आग्रह

काठमाडौँ- तुइन खोलामा ठूलो पहिरो खसेपछि नारायणघाट-मुग्लिन सडक आवागमन पूर्ण रूपमा बन्द भएको छ। सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार मंगलबार खसेको पहिरो शुक्रबारको भन्दा ठूलो छ। उक्त पहिरो पन्छाउन बुधबारसम्म लाग्ने अनुमान गरिएको छ।

‘आजैबाट पन्छाउने काम सुरु हुन्छ तर अँध्यारो भएपछि रोक्नुपर्छ। बुधबार बिहानैदेखि फेरि काम सुरु गरिन्छ,’ उनले भने। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी रवीन्द्र खनालका अनुसार सडक अवरुद्ध भएपछि दुबै तर्फका सवारीसाधन रोकिएका छन्। लगातार पहिरो खस्ने क्रम जारी भएकाले उनले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे।

प्रकाशित: ७ असोज २०८२ १७:५८ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast