गाजामा शान्ति स्थापनासम्बन्धमा मुस्लिम राष्ट्रहरूको संयुक्त वक्तव्य, के भने ट्रम्पबारे?

हिमाल प्रेस १४ असोज २०८२ १२:०४ | Tuesday, September 30, 2025
गाजामा शान्ति स्थापनासम्बन्धमा मुस्लिम राष्ट्रहरूको संयुक्त वक्तव्य, के भने ट्रम्पबारे? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर : एपी

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले गाजा शान्तिसम्बन्धी नयाँ योजनामा सहमति भएको बताएका छन्। यसबारे मुस्लिम देशहरूले प्रतिक्रिया जनाएका छन्।

यस शान्ति प्रस्तावलाई कतार, जोर्डन, यूएई, इन्डोनेसिया, पाकिस्तान, टर्की, साउदी अरब र मिस्रले स्वागत गरेका छन्। तिनीहरूले अमेरिकी राष्ट्रपति ट्रम्पको नेतृत्व क्षमता र गाजा युद्ध अन्त्य गर्ने गरेको प्रयासको प्रशंसा गरेका छन्।

संयुक्त वक्तव्य जारी गर्दै मुस्लिम देशका विदेशमन्त्रीहरूले ट्रम्पको शान्ति स्थापना गर्ने क्षमताप्रति विश्वास व्यक्त गर्दै क्षेत्रीय शान्ति सुनिश्चित गर्न अमेरिकासँगको साझेदारी अत्यन्त महत्वपूर्ण हुने बताएका छन्।

युद्ध अन्त्य गर्ने, गाजाको पुनर्निर्माण गर्ने, प्यालिस्टिनीको विस्थापन रोक्ने र दीर्घकालीन शान्तिलाई अगाडि बढाउने ट्रम्पले प्रस्तुत गरेको योजनाको समेत उनीहरूले स्वागत गरेका छन्।

‘सम्झौतालाई अन्तिम रूप दिन र कार्यान्वयन गर्न आफूहरू अमेरिका तथा अन्य पक्षहरूसँग सकारात्मक र रचनात्मक ढंगले संलग्न हुने तयार छौँ,’ संयुक्त वक्तव्यमा भनिएको छ।

प्रकाशित: १४ असोज २०८२ १२:०४ | Tuesday, September 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast