इटहरीमा काठको बटमले प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

हिमाल प्रेस १४ असोज २०८२ १२:२४ | Tuesday, September 30, 2025
इटहरीमा काठको बटमले प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

इटहरी- इटहरीमा काठको बटमले प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। इटहरी उपमहानगरपालिका–१२ मा सोमबार साँझ ८ बजेतिर घटना भएको हो।

खोटाङको ऐसलुखर्क गाउँपालिका–१ घर भई इटहरीमा कोठाभाडा गरी बस्ने ३० वर्षीय सुमन दाहालले आफ्नी २५ वर्षीया श्रीमती अनिसा भट्टराईलाई काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार घटनापछि गम्भीर घाइते भएकी अनिसालाई प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्‍याइएको थियो।

गम्भीर घाइते भट्टराईको उपचारको क्रममा राति ९ः१० बजेतिर मृत्यु भएको चिकित्सकले पुष्टि गरेको डीएसपी हमालले जानकारी दिए।

घटनापछि दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १४ असोज २०८२ १२:२४ | Tuesday, September 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast