यी स्थानमा आज पर्नेछ भारी वर्षा

हिमाल प्रेस १२ असोज २०८२ ६:३१ | Sunday, September 28, 2025
यी स्थानमा आज पर्नेछ भारी वर्षा फाइल तस्बिर।

काठमाडौँ– आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार आज दिउँसो  देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति कोशी प्रदेश र मधेश प्रदेशलगायत देशको पहाड भेगमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मौसमविद्का अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव भए पनि कमजोर छ भने स्थानीय वायुको आंशिक प्रभाव छ।

 

प्रकाशित: १२ असोज २०८२ ६:३१ | Sunday, September 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast