घिरिङ गाउँपालिकामा अपांगता भएका व्यक्तिको स्वास्थ्य बिमा

हिमाल प्रेस ८ असोज २०८२ १३:२९ | Wednesday, September 24, 2025
घिरिङ गाउँपालिकामा अपांगता भएका व्यक्तिको स्वास्थ्य बिमा

तनहुँ- घिरिङ गाउँपालिकाले अपांगता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ। गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपांगता परिचयपत्र प्राप्त ७८ जनाको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको हो।

स्थानीय अपांगता समन्वय समितिको गत भदौ १९ को बैठकको निर्णयअनुसार चालु आर्थिक वर्षको अपांगता लक्षित कार्यक्रमअन्तर्गत उनीहरुको बिमा गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष राधादेवी अधिकारीले जानकारी दिइन्।

अपांगता भएका व्यक्तिहरूलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यसहित स्वास्थ्य बिमा कार्यक्रम अगाडि बढाउन लागिएको अधिकारीको भनाइ छ।

गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य बिमा अभिकर्तालाई सूचना जारी गरी सम्बन्धित वडामा रहेका अपांगता भएका व्यक्तिहरूको स्वास्थ्य बिमा प्रक्रिया अगाडि बढाउन अनुरोध गरिसकेको गाउँपालिकाका अधिकृत ध्रुवराज लामिछानेले जानकारी दिए।

स्वास्थ्य बिमा कार्यालय तनहुँमा पालिकाबाट रकम भुक्तानी गर्ने क्रममा सम्बन्धित अपांगता परिचयपत्र, नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र असोज मसान्तभित्र उपलब्ध गराउन सूचित गरेको उनले बताए।

उनका अनुसार ‘घ’ वर्गका अपांगता भएका १७, ‘ग’ वर्गका अपांगता भएका ५७ र वर्ग पहिचान नभएका चार जनाको स्वास्थ्य बिमा गरिनेछ। जसअनुसार घिरिङ गाउँपालिका-१ का १७ जना, घिरिङ गाउँपालिका-२ का १४ जना, घिरिङ गाउँपालिका-३ का २० जना, घिरिङ गाउँपालिका-४ का १५, घिरिङ गाउँपालिका-५ का १२ जना रहेका छन्।

प्रकाशित: ८ असोज २०८२ १३:२९ | Wednesday, September 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast