कीर्तिमानी मूल्यबाट घट्यो सुन

हिमाल प्रेस ९ असोज २०८२ ११:२१ | Thursday, September 25, 2025
कीर्तिमानी मूल्यबाट घट्यो सुन

काठमाडौँ- केही दिनदेखि लगातार बढ्दै आएको सुनचाँदीकै मूल्य आज घटेको छ। सुनको मूल्य आज तोलामा एक हजार सातसय रुपैयाँ घटेको हो।

सुनको मूल्य आज दुई लाख २१ हजार तीनसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य तोलाको दुई लाख २३ हजार रुपेयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

आज चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला १५ रुपैयाँ घटेर चाँदीको मूल्य आज दुई हजार ६ सय ८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

हिजो तोलाको दुई हजार सातसय रुपैयाँ पुगेको चाँदी हालसम्मकै सबैभन्दा महंगो बनेको थियो।

प्रकाशित: ९ असोज २०८२ ११:२१ | Thursday, September 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast