चीनमा एकै परिवारका ११ सदस्यलाई मृत्युदण्ड

हिमाल प्रेस १३ असोज २०८२ २०:१८ | Monday, September 29, 2025
चीनमा एकै परिवारका ११ सदस्यलाई मृत्युदण्ड तस्बिर : सीसीटीभी

काठमाडौँ- चीनमा एकै परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाइएको छ।

म्यानमारमा स्क्याम सेन्टर सञ्चालन गरेको आरोपमा अदालतले परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको हो।

यो परिवारका दर्जनौँ सदस्य आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको जनाइएको छ। यसका साथै परिवारका अन्यका सदस्यहरूलाई लामो अवधिका लागि कैद सजाय सुनाइएको छ।

चीनको यो माफिया परिवार म्यानमारको लौक्काई सहरलाई नियन्त्रण गर्ने चार कबिलामध्ये एउटा लागि काम गथ्र्योँ। म्यानमार–चीन सिमानानजिक रहेको यो सहर जुवा, लागुऔषध र विभिन्न स्क्याम सेन्टरहरूको मुख्य केन्द्र बनेको छ।

सन् २०२३ मा म्यानमार सरकारले यो परिवारविरूद्ध कारबाही गर्दै धेरै सदस्यहरूलाई पक्राउ गरी चिनियाँ अधिकारीहरूलाई बुझाएको थियो।

चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार सोमबार वानजाउको उत्तरतर्फको सहरमा अदालतले माफिया परिवारका जम्मा ३९ सदस्यलाई सजाय सुनाएको छ।

प्रकाशित: १३ असोज २०८२ २०:१८ | Monday, September 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast