शासकीय प्रणालीमा सुधार गरेर मात्रै निर्वाचनमा जानुपर्छ अन्यथा भ्रष्टहरू नै सत्तामा आउँछन् : पूर्वप्रधानमन्त्री भट्टराई

हिमाल प्रेस ९ असोज २०८२ १३:११ | Thursday, September 25, 2025
शासकीय प्रणालीमा सुधार गरेर मात्रै निर्वाचनमा जानुपर्छ अन्यथा भ्रष्टहरू नै सत्तामा आउँछन् : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले शासकीय प्रणालीमा सुधार गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताएका छन्। बुधबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा अध्यक्ष पद त्याग गरेका भट्टराईले आज पत्रकार सम्मेलन गर्दै आगामी फागुन २१ गते तोकिएको निर्वाचनमा शासकीय प्रणालीमा सुधार गरेर जार्नुपर्ने बताए। त्यसका लागि जेनजी पुस्तासहित सबैको दबाब आवश्यक रहेको बताए।

‘तपाईँहरूले आंशिक जित त हासिल गर्नुभयो। सरकारलाई त ढाल्नुभयो। तर सत्ता ढलेकोचाहिँ छैन। अहिले व्यवस्था बदल्न खोजेको त होइन तर व्यवस्थामा केही महत्त्वपूर्ण सुधार गरेर जुन भ्रष्टहरू त्यहाँबाट जन्मिए फेरि भ्रष्टहरू जन्मिन नपाउन र भ्रष्टले सत्ता नपाओस् भन्नकानिम्ति केही सुधार गरेर मात्र निर्वाचनमा जानुपर्छ,’ पत्रकार सम्मेलनमा जेनजी पुस्तालाई लक्षित गर्दै डा.भट्टराईले भने,‘निर्वाचन प्रणालीमा त्रृटि छ,मैले संविधान बनाउने बेलादेखि नै संविधान आधा गिलास खाली आधा भरी छ भनेको थिएँ। किनकि यसको शासकीय जुन त्रृटि छ,त्यसले गर्दा कसैले पनि बहुमत ल्याउन सक्दैन। कुनै पनि सरकारलाई पाँच वर्ष टिक्न दिँदैन। शासकीय प्रणालीमा सुधार गर्नैपर्छ। त्यो भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली नै हो। यसमा प्रधानमन्त्री आदि के भन्ने बहस पनि छ। यसबारे पछि बहस गरौंला।’

डा.भट्टराईले आफू कुनै आन्दोलनबाट अलग नभएको र देश विकास निर्माण अभियानमा निरन्तर रहने बताए। उनले चुनाव अघि भ्रष्टाचारीहरूलाई कारबाही हुनुपर्ने बताए। अन्यथा भ्रष्ट नेताहरू नै निर्वाचित भएर आउने उनको भनाइ छ।

प्रकाशित: ९ असोज २०८२ १३:११ | Thursday, September 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast