निर्वाचन २०८२ : मतदाता नामावली संकलन कार्य खुला

हिमाल प्रेस ९ असोज २०८२ १७:४७ | Thursday, September 25, 2025
2
SHARE
निर्वाचन २०८२ : मतदाता नामावली संकलन कार्य खुला

काठमाडौँ- मतदाता नामावली संकलन कार्य खुला गरेको छ। निर्वाचन आयोगले बिहीबारदेखि मतदाता नामावली संकलन कार्य थालेको हो। मतदाता नामावली संकलन कात्तिक ३० गतेसम्म सञ्चालन हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

‘यसपूर्व मतदाता नामावलीमा नाम दर्ता नभएका १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकले सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा दर्ता गर्न सकिने गरी व्यवस्था गरिएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसका लागि निर्वाचन आयोगको वेबसाइट www.election.gov.np मा प्रि-रजिस्ट्रेसन प्रणाली (applyvr.election.gov.np) बाट आवेदन भरी प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा जैविक (Biometric) विवरण उपलब्ध गराउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

विवाह भई अन्यत्र गएका, बसाइँ सराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्ने र नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन सकिने समेत व्यवस्था मिलाइएको आयोगले जनाएको छ। सरकारले २०८२ साल फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन मिति घोषणा गरेपछि आयोगले मतदाता नामावली संकलन गर्न थालेको हो।

प्रकाशित: ९ असोज २०८२ १७:४७ | Thursday, September 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast