शिक्षामन्त्री महावीर पुनले सीटीईभीटीलाई दिए चारबुँदे निर्देशन

हिमाल प्रेस ९ असोज २०८२ २१:०६ | Thursday, September 25, 2025
शिक्षामन्त्री महावीर पुनले सीटीईभीटीलाई दिए चारबुँदे निर्देशन शिक्षामन्त्री महावीर पुन

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई चारबुँदे निर्देशन दिएका छन्। सीटीईभीटीका पदाधिकारीसँग बिहीबार भएको बैठकमा उनले यी निर्देशन दिएका हुन्।

उनले सीटीईभीटीको मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्न निर्देशन दिएका छन्। यस्तै एकीकृत क्यालेन्डर बनाउन र परीक्षाको परीक्षाफल तीन महिनाभित्र अनिवार्य रुपमा प्रकाशन गर्ने व्यवस्था गर्न उनको अर्को निर्देशन छ।

मन्त्री पुनले सीटीईभीटी कार्यालयमा विद्यार्थी, अभिभावक र शिक्षकहरुको गुनासो सुन्ने र प्राप्त गुनासोको अभिलेखीकरण/ सम्बोधन गर्ने शाखा तुरुन्त बनाई सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।

२०६९ साल देखि अहिलेसम्म सम्बन्धनका लागि प्राप्त भएका सम्पूर्ण आवेदनहरु छानबिन गरी असोज मसान्तभित्र प्रतिवेदन पेस गर्न र सम्बन्धन दिने नदिने निर्णय तुरुन्त गर्न पनि उनले निर्देशन दिएका छन्।

प्रकाशित: ९ असोज २०८२ २१:०६ | Thursday, September 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast