गाउँघरमा बढ्यो दसैँको चहलपहल

हिमाल प्रेस ९ असोज २०८२ १२:४९ | Thursday, September 25, 2025
गाउँघरमा बढ्यो दसैँको चहलपहल फाइल तस्बिर

हुम्ला- रोजगारीका शिलशिलामा अन्यत्र रहेका हुम्लाबासी धमाधम गाउँ फर्किन थालेका छन्। दसैँ सुरु भएसँगै यहाँका गाउँघरमा नागरिकको चहपहल बाक्लिएको छ। दसैँ, तिहार मनाउनका लागि हवाई र पैदल यात्राबाट हुम्ली दैनिक भित्रिन थालेपछि बर्खाका समयमा खाली हुँदै गएका गाउँबस्ती यतिबेला भने भरिन थालेका छन्।

रोजगारीको शिलशिलामा जिल्ला बाहिर रहेका मात्रै नभएर अध्ययनका लागि काठमाडौँ, पोखरा, सुर्खेत, नेपालगन्जलगायतका सहरमा रहेका विद्यार्थीसमेत दसैँ मनाउन घर आएका कारण यतिबेला विभिन्न बस्तीमा चहलपहल बढेको छ।

यस वर्ष जिल्लामा सडक पुगेपछि दसैँमा घर आउनेको संख्या पहिलेभन्दा झन् बढ्न थालेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक शंकर पोखरेलले बताए।

कुबाडी प्रहरी चौकीलाई उद्धृत गर्दै यस वर्षको विगतको दसैँभन्दा हुम्ला आउने सवारीसाधनको संख्यामा वृद्धि भएको उनले बताए। गत वर्षमा केही मात्रामा मात्रै आउने गरेको भए पनि अहिले सडक आएपछि दसैँको फूलपाति अगाडि नै गाउँ भरिभराउ हुन थालेका छन्।

सहर खाली हुँदै गएपछि गाउँघर रमाइलो देखिनुका साथै भरिभराउन हुँदै आएका छन्। यतिबेला गाउँघरमा सबैको जमघट हुनु साथै दसैँ, तिहार जस्ताले पारिवारिक एक किसिमको सौहार्द वातावरण सिर्जना गरेको राजबहादुर भण्डारीले बताए।

उतिबेला जिल्लाको सदरमुकाम सिमकोटसमेतमा मानिसको चहलपहलसमेत विस्तारै घट्दै गएको छ। काम, अध्ययन र रोजगारीलगायतका शिलशिलामा सिमकोट बसेका नागरीक दसैँ मनाउन गाउँ जान थालेपछि सदरमुकाममा मानिसको चहलपहल घट्दै जान थालेको हो।

प्रकाशित: ९ असोज २०८२ १२:४९ | Thursday, September 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast