कांग्रेस, एमाले, माओवादी नेताहरू सच्चिनेवाला छैनन् : बाबुराम भट्टराई

हिमाल प्रेस ९ असोज २०८२ १३:२८ | Thursday, September 25, 2025
कांग्रेस, एमाले, माओवादी नेताहरू सच्चिनेवाला छैनन् : बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पुराना दलका नेताहरू नसच्चिने बताएका छन्। बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले पुराना पार्टीका नेताहरू नसच्चिने बताएका हुन्।

‘पुराना थोत्रा पार्टीका नेताहरू सच्चिनेवाला छैनन्। कांग्रेस, एमाले, माओवादी सच्चिने म कुनै सम्भवना देख्दिनँ,’ उनले भने,‘टाउकोसम्म कुहिएर बसेको शक्तिको रूपान्तरण हुने सम्भावना म देख्दिनँ। त्यो भित्रका दोस्रो तेस्रो नयाँ पुस्ताका साथीहरूले विद्रोह गरेर फेरि नयाँ वैकल्पिक शक्ति अभियानलाई साथ दिनुपर्छ।’

उनले अहिले उदय भएका नयाँ राजनीतिक दल र राजनीतिक व्यक्तित्वहरू एक ठाउँमा आउने वातावरण बनाउनुपर्ने पनि बताएका छन्। ‘उदय भएका राजनीतिक चेतसहितका युवाहरू हुनुहुन्छ। तपाईंहरू र हिजोदेखि हामी काम गर्दै आएका नयाँ शक्ति, विवेकशील पार्टी, रास्वपा, बालेन शाह, हर्क साम्पाङ एक ठाउँमा आउने वातावारण तपाईंहरूले बनाउनुपर्छ,’ उनले भने।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी हुने गरी शासकीय प्रणालीमा सुधार गरेर मात्रै आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनमा जानुपर्ने अन्यथा भ्रष्टहरू नै सत्तामा आउने बताए।

प्रकाशित: ९ असोज २०८२ १३:२८ | Thursday, September 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast