अब सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी

हिमाल प्रेस ७ असोज २०८२ १९:१७ | Tuesday, September 23, 2025
12
SHARES
अब सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी

काठमाडौँ- अब सबै सामुदायिक विद्यालयहरूमा अनिवार्यरूपमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थपिने भएको छ। शिक्षामन्त्री महावीर पुनले देशैभरका हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्न निर्देशन दिएका हुन्।

सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले यस्तो निर्देशन दिएको मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन्।

यस्तै उनले विश्वविद्यालयलाई बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्नुपर्ने र ननिकाल्नेहरूको अनुदान रोक्न पनि निर्देशन दिएका छन्।

साथै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर बगैँचासहित फुटपाथ बनाउन पनि उनले निर्देशन दिएका छन्।

प्रकाशित: ७ असोज २०८२ १९:१७ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast