जेनजीका सहिद परिवारलाई क्षतिपूर्तिबापत रकम हस्तान्तरण

हिमाल प्रेस १३ असोज २०८२ १४:२९ | Monday, September 29, 2025
जेनजीका सहिद परिवारलाई क्षतिपूर्तिबापत रकम हस्तान्तरण फाइल तस्बिर

कैलाली– जेनजी आन्दोलनका क्रममा काठमाडौँमा ज्यान गुमाएका धनगढीका सहिद गौरव जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप १५ लाख नगद सहयोग प्रदान गरिएको छ।

सहिद जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप यो रकम प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

गृह मन्त्रालयमार्फत प्राप्त रकम सहिद जोशीका आमा माया जोशीको खातामा भुक्तानी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई क्षतिपूर्तिबापत उक्त रकम हस्तान्तरण गरिएको बताए।

प्रकाशित: १३ असोज २०८२ १४:२९ | Monday, September 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast