‘पेन्सनपट्टा’ मा विश्वास र माया गुरुङ अनुबन्धित

हिमाल प्रेस ८ असोज २०८२ १५:४२ | Wednesday, September 24, 2025
‘पेन्सनपट्टा’ मा विश्वास र माया गुरुङ अनुबन्धित

काठमाडौँ- माओत्से गुरुङको निर्देशनमा बन्ने फिल्म ‘पेन्सनपट्टा’ मा विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन्। उनीहरू यसअघि केही गुरुङ भाषा भाषका फिल्ममा काम गरिसकेका छन्।

कलाकार विश्वास गुरुङले ‘जुनी जुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, ‘फिच्यो’ र ‘सिरसुवा’ मा अभिनय गरेका छन्। मायाले  ‘ह्युलै माया’, ‘च्यागी’ र ‘घलेक’ मा अभिनय गरिसकेकी छन्।

यसअघि फिल्मको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई अनुबन्धित भइसकेका छन्। फिल्म आगामी कार्तिकबाट छायांकन सुरु गरिने निर्माण टिमको तयारी छ। सुसन प्रजापतिले छायांकन गर्ने फिल्म कास्कीस्थित पोखरा आसपासमा खिच्ने टिमले जनाएको छ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक गुरुङले नै लेखेका हुन्। फिल्मले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा देखाउने निर्देशक तथा निर्माता गुरुङले बताए। माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक गुरुङले नै लेखेका हुन्।

प्रकाशित: ८ असोज २०८२ १५:४२ | Wednesday, September 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast