विमानस्थल आसपासमा चंगा, ड्रोन, बेलुन उडाउन रोक

हिमाल प्रेस ९ असोज २०८२ १७:०७ | Thursday, September 25, 2025
विमानस्थल आसपासमा चंगा, ड्रोन, बेलुन उडाउन रोक त्रिभुवन विमानस्थल, फाइल तस्बिर।

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ।

पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउनेकार्य गरेको पाइएका कारण सो कार्य नगर्न नगराउन आग्रह गरिएको विमानस्थलका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिए।

उनले भने,‘विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न अनुरोध गरेका छौँ। अवज्ञा वा अटेरगर्नेलाई कारबाही हुन्छ।’

प्रकाशित: ९ असोज २०८२ १७:०७ | Thursday, September 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast