बाबुराम भन्छन्- भ्रष्ट नेताहरूको अकुत सम्पत्ति छानबिन गरी कारबाही नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन

हिमाल प्रेस ९ असोज २०८२ १३:४५ | Thursday, September 25, 2025
बाबुराम भन्छन्- भ्रष्ट नेताहरूको अकुत सम्पत्ति छानबिन गरी कारबाही नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भ्रष्ट नेताहरूको अकुत सम्पत्ति छानबिन गरी कारबाही नभएसम्म भ्रष्टाचार अन्त्य नहुने बताएका छन्। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षबाट बुधबार पद त्याग गरेका उनले आज पत्रकार सम्मेलन गरी भ्रष्ट नेताहरूको अकुत सम्पत्ति छानबिन गरी कारबाही गर्नुपर्ने बताएका हुन्।

विद्रोहका बेला दुलाभित्र लुकेर बसेका पुराना भ्रष्ट नेताहरू अहिले फेरि बाहिर निस्किएर सलबलाएकोप्रति सचेत रहन उनले आग्रह गरे। उनले भ्रष्ट नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली लोकपाल आयोग गठन गर्नुपर्नेमा जोड दिए। ‘भ्रष्ट नेताहरू अहिले फेरि बाहिर निस्केर सलबलाई रहेका छन्। भ्रष्ट नेताहरूको अकुत सम्पत्ति छ, त्यसलाई छानबिन गर्न शक्तिशाली लोकपाल आयोग गठन गर्नुपर्छ। उनीहरूका केही सम्पत्ति डढेको भनिएको छ तर उनीहरूका सम्पूर्ण सम्पत्ति छानबिन नगरिईकन भ्रष्टाचार अन्त्य हुन सक्दैन,’ डा.भट्टराईले भने।

देश र जनताको परिवर्तनका लागि आफूले आजीवन लड्दै आएको एक राजनीति प्रणाली भएको जिकिर गरे। ‘म कुनै आन्दोलनबाट अलग भएको छैन। नयाँ वैकल्पिक शक्तिको अभियानमा हिजो पनि थिएँ, आजपनि छु, भोलि पनि रहन्छु। हाम्रा नाति पुस्ता आइसके उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ भनेर मैले नैतिकताका आधारमा पद त्याग गरेको हुँ। नयाँ शक्ति अभियानबाट अलग भएको छैन। यसमा विल्कुल भ्रम नरहोस्’,उनले भने।

प्रकाशित: ९ असोज २०८२ १३:४५ | Thursday, September 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast