
काठमाडौँ– वेस्ट इन्डिज र नेपालबीचको टी– २० सिरिज युनिटी कपअन्तर्गत अन्तिम खेल आज हुँदै छ । खेल आज राति सवा ८ बजे यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा हुनेछ ।
नेपालले सिरिजको उपाधि जितिसकेको छ । लगातार दुई खेलमा शान्दार जित दर्ता गर्दै उपाधि जितिसकेको नेपाललाई आज सिरिज ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ । त्यसका लाग आज खेलको नतिजा पनि नेपालको पक्षमा आउनुपर्छ ।
नेपालले वेस्ट इन्डिजलाई पहिलो खेलमा १९ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको हो ।
टी– २० विश्वकप छनोटको तयारीमा रहेको नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग सिरिज खेलको हो ।
प्रकाशित: १४ असोज २०८२ १९:२०
प्रतिक्रिया