राष्ट्रपति पौडेलले गरे नक्साल भगवतीको दर्शन

हिमाल प्रेस १४ असोज २०८२ १६:३९
12
SHARES
राष्ट्रपति पौडेलले गरे नक्साल भगवतीको दर्शन महाअष्टमीका अवसरमा मंगलबार काठमाडौँको नक्साल भगवतीको दर्शन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र पत्नी सविता पौडेल। तस्बिर स्रोत : शीतल निवास

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकामा रहेको महत्त्वपूर्ण शक्तिपीठमध्येको नक्साल भगवतीको दर्शन गरेका छन्। महाअष्टमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौँको नक्साल भगवतीमा प्रथम महिला सविता पौडेलसहित पुगेर दर्शन गरेका हुन्।

राष्ट्रपतिले अघिल्ला वर्षमा शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी ईन्द्रयणी पुगेर पूजाआराधना र दर्शन गरेका थिए। यस पटक नक्साल भगवतीको मात्र दर्शन गरेका र अन्य शक्तिपीठमा भेटी पठाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। दसैँका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा छ।

प्रकाशित: १४ असोज २०८२ १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast