
रामेछाप– रामेछाप–लुक्ला हवाई उडान सुरु भएको छ। शरद ऋतुमा समगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरुका लागि लक्षित हवाई उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
विभिन्न कम्पनीहरुले काठमाडौँबाट सडकमार्ग हुँदै मन्थलीसम्म पर्यटक ल्याउने र यहाँबाट हवाई उडानमार्फत लुक्ला लैजाने गरेका छन्। विमानस्थलबाट सीता, तारा र समिटलगायतका कम्पनीले सेवा दिँदै आएका छन्।
मौसम अनुकुल भएको समयमा दैनिक ५० देखि ६५ वटासम्म उडान भइरहेको नागरिक उडययन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्वल गुँरागाईले जानकारी दिए।
प्रकाशित: १४ असोज २०८२ १५:५३
प्रतिक्रिया